मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो एचपीभी खोप ?

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप हो एचपीभी अर्थात् हृयुमन प्यापुलोना भाइरस खोप । पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको  हुन्छ यस कारण त्यसको विरुद्ध खोप शुरु भएको हो ।

मुख्यगरी यो खोपले क्यान्सरको जोखीमलाई कम गराउँछ । ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी) सानो र सामान्य डीएनए भाइरस हो । यसले प्रायः छाला र म्यूकोसल कोशिका अर्थात् शरीरका भित्री अङ्गको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ । यो खोपको मुख्य काम भनेकै क्यान्सर प्रतिरोधी हो ।

यसकारण यो खोप लगाउनु भयो भने क्यान्सर जस्तो प्राणघातक रोगसँग बच्नुहुनेछ । र यदि खोप लगाउनु भएन भने तपाईँलाई क्यान्सरको जोखिम रहन्छ । यसैले खोप लगाउनुहोस् सुरक्षित रहनुहोस् । नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो ।

त्यसैले नेपाल सरकारले यो खोपबारे जनचेतना फैलाउन पनि आवश्यक छ । यो खोपबारे शिक्षितहरूमा समेत जनचेतना कमी छ । खोपको प्रभावकारिताबारे गरिएका रिसर्च, तथ्यहरू क्यान्सर सम्बन्धी हुने गोष्ठी, छलफलमा चर्चा हुन थालेकाले पछिल्लो समय सचेतना बिस्तारै फैलिरहेको छ ।

कसरी सङ्क्रमण हुन्छ ?

स्त्रीरोग विशेषज्ञ डा. बिना बस्नेत भन्नुहुन्छ अधिकांश मानिसहरूले भने यसको सङ्क्रमण भएको चाल पाउँदैनन् र उनीहरूको शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ । 

तर उच्च जोखिमयुक्त एचपीभीले भने तन्तुहरूमा अस्वाभाविक वृद्धि गराइदिन सक्छ जसले क्यान्सर समेत हुन सक्छ । पछिल्लो समय धेरै महिलाहरू पाठेघरको क्यान्सर हुने समस्याबाट ग्रसित बनिरहेका छन् । 

यस कारण यो समस्याको निवारण गर्न महिलाहरूले खोप अनिवार्य लगाउनै पर्छ भनिएको हो ।   

खोप लगाउने सही समय 

यो खोप नौ वर्षको उमेरदेखि १३ वर्षअघि नै लगाउँदा राम्रो हो । र १३ वर्ष देखी उता भने यसको अन्य डोज तिन पटक लगाउनुपर्छ । एचपीभी खोप छ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?