मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्लास्टिक झोलामुक्त अभियान: तीन सय ९१ किलो प्लास्टिक जफत

दमौली– प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लास्टिक झोला जफत गरेको छ । 

नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लास्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लास्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लास्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ । 

दमौलीस्थित सृष्टि प्लास्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लास्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लास्टिक पसलबाट एक सय ३५ किलो प्लास्टिक झोला जफत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए। 

नगरपालिकाले प्लास्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई नगरपालिकाको निर्णय विपरीत गरेमा जरिवानाको चेतावनी दिँदै जरिवाना रकम पनि तोकेको छ । 

प्लास्टिक झोला उत्पादकलाई पहिलोपटक रु दुई हजार, दोस्रोपटक रु चार हजार र तेस्रोपटक रु छ हजार जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिए । यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलोपटक रु पाँच सय, दोस्रोपटक रु एक हजार र तेस्रोपटक रु तीन हजार जरिवाना तोकिएको छ । 

प्रयोगकर्तालाई भने पहिलोपटक रु दश, दोस्रोपटक रु ५० जरिवाना तोकिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र प्लास्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?