मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेनीमा सात जना सडकापेक्षीको उद्धार

म्याग्दी – मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्दार गरेको छ । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको गायिका आनी छोइङ डोल्माको नेतृत्वमा रहेको अभियान टोली मंगलबार बेनीमा आएको थियो ।

टोलीले बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्धार गरेर बागलुङ स्थित मानव सेवा आश्रममा लगेका सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए । टोलीलाई बेनी नगरपालिकाको कार्यालयमा नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले स्वागत गरेका थिए ।

झापाको मेची पुलबाट शुरु भएको अभियान मार्फत बेनीका सात सहित एक सय ६९ जना सडकआश्रित मानवको उद्दार भएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए । सडकपेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ ।

मानवसेवा आश्रमको सातवटा प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । उद्धार यात्राको खर्च आनीछोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । आश्रमले आगामी वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडकपेटी र सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसहरूको देश निर्माण गर्ने सङ्कल्प गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?