मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बेहुली फ्रम मेघौली’लाईओटिटीमामा पनि दर्शकको राम्रो साथ

काठमाडौँ – फिल्म राम्रो चलिरहँदा पनि हलले उचित शो नदिएको भन्दै ओटीटीमा रिलिज गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले दर्शकको राम्रो साथ पाएको छ । 

ओटीटीमा रिलिज भएको १० दिनमा फिल्मलाई १९ हजारभन्दा धेरै पटक हेरिएको हो। यसबारे जानकारी दिँदै निर्माता एवं अभिनेता निश्चल बस्नेतले फेसबुकमार्फत सबै दर्शकलाई धन्यवाद समेत दिएका छन्।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म असोज १७ गते हलमा रिलिज भएको थियो। फिल्मले दुई सातामा ४ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। 

तेस्रो साताबाट फिल्मलाई हलबाट उतारेर एमएसएम भिडिओ नामक ओटिटी प्लेटफर्ममा रिलिज गरिएको थियो। ‘बेहुली फ्रम मेघौली’ सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?