काठमाडौँ– जब जङ्गलको राजाको कुरा आउँछ, तब सबैको दिमागमा सिंह आइहाल्छ ।
हामी अधिकांशलाई बाल्यकालमा सिंह ने जङ्गलको राजा भनेर सिकाइएको छ । वास्तविक जीवनमा मात्रे नभई फिल्म र किताबहरुमा पनि हामीले यही सिकेका छौँ । सिंहलाई नै जङ्गलका राजा भन्नुको कारण थाहा छ ?
यदि छैन भने आउनुहोस्, आज हामी तपाईंलाई यसबारे जानकारी दिँदैछौँ ।
हामी मध्ये अधिकांशको मनमा जङ्गलको राजा सिंहलाई नै भन्नुको कारणबारे जिज्ञासा आउन सक्छ । यो प्रश्नमा अधिकांशले सिंह बलियो हुने, राजावाला लुक भएको र बाक्लो कपाल भएकाले राजाको उपमा दिने गरेको जवाफ दिने गरेको पाइन्छ ।
केहीले भने सिंह चलाख हुने र जङ्गलका सबै जनावरलाई तर्साउन सक्ने भएकाले राजाको संज्ञा दिने गरेको बताइन्छ ।
सिंहलाई जङ्गलको राजा किन भनिन्छ ?
सिंहलाई जङ्गलको राजा भन्नुको कुनै पनि वैज्ञानिक कारणहरु छैनन् । यो मात्रै एक प्रकारको उपमा हो । जुन सिंहको रुप, रङ्ग, हाउभाउलगायत अन्यको तुलनामा शक्तिशाली हुने भएकाले दिइएको हो ।
यस कारणले जङ्गलको राजाको उपमा
मानिसहरु हरेक कुरालाई आफ्नो दृष्टिकोणले हेर्ने गरिन्छ । यस कारणले पनि हरेक वस्तुमा आफ्नो दृष्टिकोणले हेर्ने गर्दछ । सिंहको चरित्र फरक प्रकृतिको हुन्छ । ऊ आफ्नो इलाकामा मात्रे बस्ने गर्छ ।
आफ्नो इलाकाको सुरक्षा आफैँले गर्छ । खानाको लागि सिकार सिंहनीले गरे पनि पहिलो पटक सिंहले नै खाने गर्छ । यसका साथै सिंह आराम गर्न मन पराउँछ । साथै आफ्नो झुण्डको रक्षासमेत गर्छ । यही कारणले सिंहलाई जङ्गलको राजा भनिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया