मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ – पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धूमधामसँग मनाउन थालिएको छ। 

यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौं उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट शुरु भइसकेको छ। उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ।

एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बागमती नदीमा छाड्ने तयारी गरिरहेको जनाएको छ। बागमती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो। 

आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको राससलाई जानकारी दिए। ‘धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आई पुग्नका लागि १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौं, उनले भने, ‘विषेश दिनमा हामीले ड्यामको पानी बागमतीमा छाड्दै आएका छौं।’

प्रतिसेकेण्ड चार सय लिटर 

समितिले छठ पर्वको दुई दिनसम्म बागमती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी  छाड्ने तयारी गरिरहेको जनाएको छ। ‘ड्यामको पानी नदीमा छाड्दा व्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौं, त्यसो हुँदा व्रतालुहरूलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ,’ नेपालले भने, ‘मेलम्ची खानेपानी विकास समितिसँग पनि पानी छाड्नका लागि आग्रह गर्ने छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?