हामीले हाम्रो मुखको स्वास्थ्य अवस्था प्रति एकदम चनाखो रहन आवश्यक छ । किनकि हामी बाच्ने आधार नै मुख हो । हामीले खानेकुरा खाने चपाउने प्रमुख अङ्ग हो मुख ।
यसकारण पनि मुख सफा र स्वस्थ रहन अति जरुरी छ । तर हाम्रा सानातिना बेवास्ताका कारण मुखमा घातक रोग पनि लाग्न सक्छ । बेवास्ताकै कारण मुखको क्यान्सर समेत हुनसक्छ ।
यसकारण आज हामी के–कस्ता लक्षण देखिए मुखको क्यान्सर हुन्छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।
– मुखमा दाग, धब्बा देखिनु
– स्वाद फरक पाउनु
– घाटीमा गिर्खाहरू देखा पर्नु
– मुखमा नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु
– खान, निल्न, पिउन अप्ठ्यारो हुनु
– मसलादार खाना खाँदा पोल्नु
– मुखमा घाउ, खटिराको आकार बढ्दै जानु र
– र्याल बढी आउनु
माथि उल्लेख गरिए अनुसारका यस्ता केही लक्षणहरू देखा परेमा तपाईँलाई क्यान्सर हुने सम्भावना रहने हुँदा यस्तो अवस्थामा तुरुन्त चिकित्सकसँग परामर्श लिनुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया