मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हात पोल्यो भने तत्काल अपनाउनुहोस् यस्ता घरेलु तरिका

प्राय भान्सामा काम गर्ने व्यक्तिहरूलाई घाउचोट लागिरहेकै हुन्छ । कहिले तातो भाडाहरूले डामिरहेको हुन्छ भने कहिले आगोले ग्यासले पनि पोलिरहेको हुन्छ ।

कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टाले पनि पोल्ने गर्छ । तर पोल्दा तत्कालै छालामा के लगाउने भन्ने विषयमा धेरैलाई जानकारी हुँदैन । यसकारण विविध औषधिहरूको प्रयोग गरिन्छ ।

तर साधारण पोलेको घाउको उपचार गर्न भान्छामा भएका सामग्री नै काफी हुन्छन् । घरेलु तरिका अपनाउँदा कुनै साइड इफेक्ट पनि नहुने भएकाले यस्तो तरिका निकै प्रभावकारी पनि हुन्छन् । अब कुरा गरौँ पोलेको घाउको प्राथमिक र घरेलु उपचारहरूको विषयमा । 

– बरफको टुक्रा

पोलेको स्थानमा बरफको टुक्राले रगड्नुहोस् । बरफभन्दा सस्तो र राम्रो औषधी पोलेको घाउमा अरू हुन सक्दैन । पोलेको स्थानमा १० देखि १५ मिनेटका लागि बरफ रगड्नुहोस् । यसरी बरफ लगाउँदा जलन र सुन्निन कम हुन्छ । यसले पोलेको दाग पनि बस्न दिँदैन ।

– बेसार

यदि तपाईँ पोलेको स्थानमा बेसार लगाउनुहुन्छ भने तपाईँको जलन ठिक हुनुका साथै भविष्यमा घाउको दाग पनि बस्दैन । पोलेको स्थानमा कम्तीमा दुई वा तीन पटक बेसारमा थोरै पानी मिसाएर लगाउनुहुन्छ भने निकै आराम मिल्छ ।

– मह

जलनबाट राहत पाउनका लागि मह पनि एउटा राम्रो विकल्प हो । महमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट हुन्छन् जसले हाम्रो स्वास्थ्यलाई लाभ पुर्‍याउनुका साथै पोलेको समस्याबाट पनि राहत दिलाउँछ । हात पोल्दा महको प्रयोग गर्दा निकै आराम मिल्छ । यदि तपाईँ महमा त्रिफला मिसाएर पेस्ट बनाएर लगाउनुहुन्छ भने तपाईँलाई थप राहत महसुस हुन्छ ।

– तुलसीको पात

तुलसीको बोट पूजा गर्नका लागि मात्र नभई यसले औषधीको काम पनि गर्छ । आयुर्वेदिक डाक्टर तुलसीलाई औषधीको रुपमा हेर्छन् । यो औषधी पोल्दासमेत काम लाग्छ । पोलेको ठाउँमा तुलसीको रस लगाउँदा निकै राहत महसुस हुन्छ । यसले जलन कम गर्छ र दाग पनि मेटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?