मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म

चाडबाडमा फिल्म निर्मातालाई उत्सव, के दर्शकले एक्सन फिल्मको अपेक्षा गरेका हुन्?

काठमाडौँ– यस वर्षको दशैँ र तिहारमा नेपाली फिल्म उद्योगमा पनि उल्लास छायो । दशैँको अवसरमा प्रदर्शनमा आएका फिल्मले राम्रो व्यापार गरे ।

दशैँको घटस्थापनाको अवसरमा प्रदर्शनमा आएको निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ ले आफ्नो लगानी मात्र सुरक्षित गरेन । फिल्मका निर्माता निश्चल बस्नेतले आफ्नो फिल्मले दर्शकको चाप हुँदाहुँदै पनि फिल्मले उचित शो नपाएको भन्दै विरोध जनाए ।

उनले हलमा दर्शकको राम्रो उपस्थिति हुँदाहुँदै पनि हल नपाएको भन्दै फिल्म उतारे । हलबाट फिल्म उतारिएको केही समयमै उक्त फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भयो । निर्माताका अनुसार उक्त फिल्मलाई ओटीटीमा पनि उत्तिकै रुचाइएको थियो ।

त्यस्तै फूलपातीको अवसरमा रिलिज भएका तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ ले पनि दर्शकको राम्रो प्रतिक्रिया पायो । यद्यपि तुलनात्मक रुपमा दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरेको फिल्म ‘छक्का पञ्जा ५’ ले आक्रामक व्यापार गर्‍यो । यो फिल्मले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पायो ।

अझ यो दशैँमा त फिल्म क्षेत्रका बारेमा पनि सामाजिक सञ्जालमा व्यापक बहस भयो । अभिनेता विराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ को चर्चा मात्र भएन । अब नेपाली दर्शकले फरक खालका फिल्मको अपेक्षा गरेको पनि प्रमाणित भयो । विराजको फिल्म ‘१२ गाउँ’ ले आश्चर्यजनक ढंगमा २० करोडभन्दा बढीको व्यापार गर्‍यो ।

कमाइका हिसाबले ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ अगाडि देखिए । यी दुवै फिल्मले राम्रो कमाइ गरे भने ‘छक्का पञ्जा ५’ का गीत त युट्युबमा पनि उत्तिकै रुचाइए ।

लामो समयदेखि खडेरी लागेको नेपाली फिल्म क्षेत्रमा उत्साहजनक कमाइ र फिल्मी बहस हुनुलाई फिल्म मेकरले सकारात्मक रुपमा लिएका छन् । यसको प्रभाव तिहारको अवसरमा रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा पनि पर्‍यो । शुरुमा राम्रो अकुपेन्सी नदेखिए पनि फिल्मले थप शो पाउँदै गएको छ भने दर्शकले पनि साथ दिएका छन् ।

फिल्म हलमा देखिएको भीडले फिल्म क्षेत्रमा उत्साह त आयो नै । यसले अब दर्शकले कस्ता फिल्मको अपेक्षा गरेका छन् भन्ने पनि बहसको विषय बनेको छ । हुन त यही बीचमा रिलिज भएको फिल्म ‘सानो संसार’ ले उत्साहजनक व्यापार गर्न सकेन । यो फिल्मको खासै चर्चा पनि भएन तर पछिल्लो फिल्म बजारलाई हेर्दा भने विदेशी फिल्मको भीडमा रुमल्लिरहेको नेपाली फिल्म क्षेत्र अब बिस्तारै तङ्ग्रिने र एक्सन फिल्मको बाढी आउने धेरैको अपेक्षा छ ।

एक्सन फिल्मको क्रेज?

यसपटकको दशैँमा रिलिज भएको विराज भट्टको फिल्म ‘१२ गाउँ’ ले कमालको व्यापार गर्‍यो । फिल्मप्रति दर्शकको जुन क्रेज देखियो । त्यसलाई हेर्दा अब दर्शकले बिस्तारै एक्सन फिल्मप्रति दर्शकको रुचि बढेको हो कि भन्ने देखिन्छ । यसअघि पुराना अभिनेताका पुराना ढर्राका फिल्मले लगानी पनि उठाउन नसकेका बेला अहिले भने अपत्यारिलो तरिकाले ‘१२ गाउँ’ ले राम्रो कमाइ गर्‍यो ।

त्यसो त यसअघि रिलिज भएको पल शाह र पूजा शर्माको फिल्म ‘रावायण’ नराम्रोसँग फ्लप भएको थियो । यो फिल्मलाई पनि दक्षिण भारतीय फिल्मी शैलीको मानिएको थियो । तर, फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन । बरु सोही फिल्मबाट नक्कली जुँगाको प्रसङ्ग निकालेर दर्शकले ट्रोल बनाए ।

तर, ‘१२ गाउँ’ को क्रेज देख्दा भने अब एक्सन फिल्मको बहार शुरु हुने लक्षण देखिएको फिल्म विश्लेषकको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?