मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सय थुम्काको पहाड ‘सैलुङ’

काठमाडौँ– यात्रा कसलाई मन पर्दैन ? त्यसमाथि एकातिर आफ्नो मन मिल्ने साथीहरुलाई साथमा राख्दै प्रकृतिसँग रमाउने रहर कसको पो हुन्न र ? यदि तपाईँ पनि यस्तै यात्राको तयारीमा हुनुहुन्छ भने दोलखाको सैलुङ राम्रो गन्तव्य हुन सक्छ । जहाँ तपार्इं काठमाडौँको धु्वा र धुलोलाई बिर्सेर छोटो समयमै धेरै रमाइलो गर्न सक्नुहुन्छ ।

सैलुङ अर्थात् सय थुम्का, जुन तामाङ भाषाबाट बनेको शब्द हो । तामाङ भाषामा ‘सै’ को अर्थ सय र ‘लुङ’ को अर्थ थुम्का हो । अर्थात् सय वटा थुम्का मिलेर बनेको रमाइलो चुचुरो । सैलुङलाई पहाडै पहाडको ठाउँको रुपमा पनि चिन्न सकिन्छ ।

सैलुङ सामुन्द्रिक सतहबाट ३ हजार १५० मिटर अग्लो स्थानमा छ । दोलखा र रामेछापको सिमानामा पर्ने सैलुङ बाह्रमासे पर्यटकीय गन्तव्यको रुपमा पनि परिचित रहेको छ । यहाँ जानको लागि कुनै निश्चित समय निर्धारण गरिएको छैन । किनकी हिउँद याममा हिउँले ढपक्क हुने सैलुङ वर्षायाममा भुई फूलले रंगीन हुन्छ । यति मात्रै होइन परपरसम्मको हिमाल पनि मज्जाले देख्न सकिन्छ ।

त्यसैले हिउँसँग खेल्न मन पराउनेले हिउँदयाममा र अन्यले वर्षायाममा सैलुङलाई आफ्नो गन्तव्य बनाउँदा पनि हुन्छ । यी दुई दृश्यको लागि मात्रै नभई सैलुङ अन्यको लागि पनि उत्तिकै प्रीय छ । यहाँ स–साना देखि ठूल ठूला पहाडै पहाडहरुसँग रमाउन सक्नुहुन्छ । माथि चुचुरामा बसेर तलको अनगिन्ती पहाड देखिन्छ । तल माथि हेर्दा बादलहरु एक अर्कामा लुकामारी गरेको देखेर रमाउन सक्नुहुन्छ ।

यति मात्रै नभई चाँडै उज्यालो हुने बेला बिहान पाँच देखिने रातो घाम र केहीबेरमा आउने सुर्योदयसँग रमाउन मात्रै होइन रंगीन तस्बीर कैद गर्न पनि सक्नुहुन्छ । र साँझ सुर्यास्तलाई पनि नजिकैबाट नियाल्न सक्नुहुन्छ । यहाँ अस्ताउने सूर्यको रापले हिमाल पनि राताम्य बनेका हुन्छन् ।

यहाँबाट लाङटाङ, गणेश, धौलागिरीलगायत हिमालहरुलाई नजिकबाटै हेर्न सक्नुहुन्छ । यहाँबाट धार्मिक तथा पर्यटकीय गन्तव्य कालिन्चोक पनि अगाडि नै देख्न सक्नुहुनछ ।

यहाँ जानको लागि तपाईंले धेरै समय पनि छुटाउनु पर्दैन । सैलुङलाई काठमाडौँको नजिकको गन्तव्यको रुपमा पनि लिन सकिन्छ । तपाईंहरु काठमाडौँबाट करिब ८ देखि ९ घण्टा सार्वजनि बसमा यात्रा गरी सैलुङ पुग्न सक्नुहुन्छ । तर मुढे पुगेपछि आउने केही कच्ची बाटोले तपाईंको यात्रामा केही असहज पुग्न सक्छ ।

दोलखा र रामेछाप हुँदै तपाईं सैलुङ पुग्न सक्नुहुन्छ । रामेछापबाट दोरम्बा हुँदै उकालो लाग्दै सैलुङको भ्रमण गर्न सकिन्छ । यहाँ तपाईंहरुले क्याम्प सञ्चालन गर्नुका साथै होटल तथा लजहरुमा पनि बास बस्न सक्नुहुन्छ । यहाँ जानको लागि तपाईंले तीन दिनको समय छुट्याउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?