मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो अवस्थामा टिटानसको खोप लगाउनुपर्छ ?

काठमाडौँ– कुनै कारणवश चोट लाग्दा, कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ भनिन्छ । टिटानस जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुनसक्छ ।

खासगरी बच्चा र वयस्कमा यो बढी देखिन्छ । बच्चाहरू खेल खेल्दा धेरै घाउ चोट लाग्ने हुँदा त्यसै मार्फत क्लोस्ट्रिडियम टिटानी ब्याक्टेरिया शरीरभित्र प्रवेश गर्ने हुन्छ । वयस्कहरू कामकाजमा बढी सक्रिय हुने क्रममा घाउ चोट लाग्न सक्छ । त्यसैले यो उमेर समूहलाई टिटानस हुने सम्भावना बढी हुन्छ ।

मानिस, जनावर, पशु चौपायाको गोबर, फोहोर र धुलोमा क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु हुन्छ । कुकुरले टोक्दा चोट लागेमा त्यसमा पनि विभिन्न माध्यमबाट क्लोस्ट्रिडियम टिटानी शरीरमा पुग्ने भएकाले कुकुरले टोक्दा टिटानसको खोप लगाउनुपर्छ ।

टिटानसको खोपको प्रभावकारीता र काम 

टिटानसको एन्टिटक्सिन खोपले शरीरभित्र ब्याक्टेरियाले पैदा गरेको विकारलाई निष्फल बनाउन र मांसपेशीको कडापन र पीडा हटाउनु मद्दत गर्छ । क्लास्ट्रीडियम टिटानी नामक ब्याक्टेरिया विशेषगरी धुलो, माटो र पशु मलमा पाइन्छ ।

जब यो ब्याक्टेरिया कुनै घाउमा प्रवेश गर्छ, तब शरीरमा टेटनोस्पास्मिन नामक विष पैदा हुन्छ । यो विषाक्त बिस्तारै शरीरमा फैलिएर मांसपेशीलाई नियन्त्रण गर्छ । समयमै टिटानसविरुद्धको खोप नलगाएमा मानिसको मृत्यु समेत हुनसक्छ ।

खिया लागेको धारिलो फलाम वा धातुले काट्दा टिटानसको खोप किन लगाउनुपर्छ ?

चोट लाग्दा होस् वा कुनै धारिलो हतियारले काटेमा, अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ । किनकि टिटानसको सुईले घाउमा संक्रमण हुन दिंदैन । टिटानसबाट बच्न बच्चालाई सानो छँदा दिनुपर्ने सम्पूर्ण खोपमा टिटानस खोप पनि लगाउनुपर्छ ।

साथै हरेक १० वर्षमा टिटानसको थप बुस्टर खोप लगाउने, गर्भवती महिलाले पनि टिटानसको खोप लगाएमा यी रोग लाग्न सम्भावना न्यून हुन्छ । कुनै किला वा खिया लागेका धारिलो वस्तुले चोट लागेमा पनि खोप लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?