मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरमै कपालमा कलर गर्दै हुनुहुन्छ? अपनाउनूस् यो तरिका

काठमाडौँ– महिला अरुसँग फरक देखिन मन पराउँछन् । यसका लागि उनीहरु आफ्नो लुक्सलाई परिवर्तन गर्छन् । उनीहरू एक अर्कासँग फरक र आकर्षक बन्नका लागि कपालदेखि अनुहारमा पनि विभिन्न सामग्रीहरुको प्रयोग गर्ने गर्छन् ।

पछिल्लो समय कपालमा रंगरगोन गर्ने प्रवृत्ति बढेको छ । यो कलर लामो समयसम्म टिक्ने वा नटिक्ने दुवै हुन सक्छ । तर कलर जति प्रभावशाली देखिन्छ लगाउनका लागि उत्तिकै सावधानी पनि अपनाउनु पर्ने हुन्छ ।

कतिपय अवस्थामा कपालमा रंग लगाउँदा विभिन्न गल्ति पनि भइरहेको हुन्छ । यस्ता गल्तीहरुबाट बचाउनका लागि आज हामी तपाईलाई केही साबधानीको उपायबारे जानकारी दिनेछौँ ।

चाँडै नै सुकाउने

कतिपय महिलाहरु कपाललाई कम प्रभाव देखाउनको लागि अघिल्लो दिन नै कलर गर्न शुरु गर्ने गर्छन् । यसले तपाईको कपाललाई मात्रै विर्गादैनन् छालामा पनि नराम्रो असर पार्ने गर्छ । तपाईले कम्तीमा पनि ६ हप्ताको अन्तरमा कपालमा कलर गर्ने कोशिस गर्नुपर्छ ।

आजभोलि विभिन्न ब्राण्डको कलरहरु पाइन्छ । कलरको प्याकेटमा लगाउने तरिकाबारे पनि जानकारी दिएको हुन्छ । सोही अनुरुप तपाईहरुले कलर लगाउन सक्नुहुन्छ ।

सूर्यको किरणबाट बचाउनुहोस्

कपाल सुकाउनका लागि एक प्रकारको विधि हुन्छ । सो विधिको पालना गर्दा तपाईको कपालमा राम्रो नतिजा पनि आउँछ । चर्को घाम वा लामो समयसम्म सूर्यको किरणमा बस्दा कपालमा लगाएको कलर हराएर जान सक्छ । यदि तपाई कपालमा कलर लगाइसकेपछि लामो समयसम्म घर बाहिर बस्नु हुन्छ भने सुरक्षाको सावधानी अपनाउनुपर्छ । कपाललाई ढाक्नको लागि सल वा अन्य कुनै कपडाको प्रयोग गर्न सक्नुहुन्छ ।

तातो पानीले नधुने

कोही व्यक्तिलाई तातो पानीले मात्रै कपाल धुने वा नुहाउने बानी हुन्छ । तातो पानीले नुहाउँदा आनन्द त गराउँछ । साथै यसले कपालमासमेत नोक्सानी गर्न सक्छ । तातो पानीले नुहाउँदा कपाल कमजोर बनाउँछ । यसका साथै कपालको कलरलाई पनि असर गर्छ । तातो पानीभन्दा पनि तपाईले नुहाउनको लागि मनतातो पानीको प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईको कपालको केयर मात्रै गर्दैन । कपाललाई बलियो पनि बनाउन सहयोग गर्छ ।

लामो समयसम्म कलर नराख्ने

कतिपय महिलाहरुलाई कलरलाई राम्रो बनाउनको लागि लामो समयसम्म लगाउने गर्छन् । लामो समयसम्म कपालमा कलर राख्दा असर गर्न सक्छ । तपाईले करिब २० देखि ३० मिनेटसम्म मात्र राखेर कपाललाई धुनुपर्छ ।

हिट प्रोटेक्टको प्रयोग नगर्ने

पहिला पहिला महिलाहरु कपाललाई स्ट्रेट र स्टाइल बनाउनका लागि मात्रै पार्लर जाने गरेका थिए । तर आजभोलि ट्रेण्ड फेरिसकेको छ । महिलाहरु घरमै विभिन्न सामग्रीको प्रयोग गरी कपाललाई बनाउन थालेका छन् । यदि तपाई कपाललाई कलर राख्नुहुन्छ भने हिट प्रोटेक्टको प्रयोग नगर्नुहोला । यसले तपाईको कपाललाई बिगार्नुको साथै कलर पनि प्रभावकारी हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?