मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तुलसीपुर मेट्रो कलेजलाई आङ्गिक बनाइँदै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)लाई लुम्बिनी बौद्ध विश्वविद्यालयको आङ्गिक कलेज बनाउने तयारी गरेको छ ।

यसका लागि कार्यविधि निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कार्यविधिलाई नगरसभाबाट अनुमोदन गरेर आङ्गिक बनाउने विषयमा विश्वविद्यालयसँग थप छलफल गरिने बताए।

‘एकातर्फ प्राविधिक विषय पढाइ हुन्छन्, अर्कोतर्फ आङ्गिक कलेजका रुपमा शिक्षण हुन्छ’,उनले भने’यसका लागि परामर्श बैठक भइरहेको छ ।’

यो विषयमा विश्वविद्यालय पनि सकारात्मक रहेको उनको भनाइ छ । आङ्गिक भएमा शिक्षक कर्मचारीको भविष्य पनि उज्ज्वल हुने उनको भनाइ थियो ।

अहिले कलेजमा सिटिइभिटी अन्तर्गत इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनीयरिङ, मेकानिकल इन्जिनियरिङ, फरेस्ट्री, फुड एण्ड डेरी, एग्रिकल्चर र फार्मेसी विषय पढाइ रहेका छन् ।

त्यस्तै विश्वविद्यालय अन्तर्गत वीएएलएलबी, वीएचटीएम, वीवीएका कक्षा भइरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो गौरवको रुपमा मेट्रो कलेजलाई लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?