मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ले जित्यो ६० हजार युरो पुरस्कार

काठमाडौँ – नेपाली कथानक फिल्म ‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ले ६० हजार युरो पुरस्कार जितेको छ । 

नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएसँगै यो फिल्मले अब ६०,००० युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । जुन ८७ लाख नेपाली रुपैयाँ बराबर हुन आउँछ । 

निर्देशक सहारा शर्माले चलचित्रले पोस्ट प्रडक्सनका लागि प्रतिष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गरेकी छन् । ‘नेपाली नारीहरूका दुःख, सुख, त्याग, तपस्या, वलिदान, यिनका अनेक पक्ष र क्षमतालाई विश्व स्तरमा चिनाउने मेरो सँधै प्रयत्न रहेको छ ।

यो पुरस्कारले त्यहीतर्फ चलेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुसी छु’ शर्माको भनाइ ।

‘एक मुठ्ठी बादल’की निर्देशक शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्शन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन् । गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सह–निर्माण रहेको यो नेपालकै पहिलो महिला प्रधान अन्तर्राष्ट्रिय स्तरमा सह–निर्मित फिल्म हो । 

विवाहको पृष्ठभूमिमा बुनिएको ‘एक मुठ्ठी बादल’ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्दछ । युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफू भित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई फिल्मले उजागर गर्दछ । 

गृहिणी हुनुका साथसाथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, सङ्घर्षलाई र निःस्वार्थ योगदानलाई फिल्मले कथानकमा समेटेको छ । 

फिल्ममा निशा शर्मा, शेखर चापागाईँ, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतम आदि कलाकारको अभिनय रहेको छ । 

ह्युबर्ट बाल्स फण्डमा छनोट भएपछि ‘एक मुठ्ठी बादल’ को अन्तर्राष्ट्रिय सम्भावना झन् बढेको छ । फिल्म पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेकोले ह्युबर्ट फन्डकोे आर्थिक सहयोगले यसलाई उच्च गुणस्तर कायम गर्ने महत्त्वपूर्ण सहयोग पुर्याउने निर्माताको आशा छ । 

‘पुरस्कारले चलचित्रको प्राविधिक कामका लागि ठूलो सहयोग पुग्नेछ । योसँगै  चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा पनि बलियो उपस्थिति जनाउने सम्भावना बढेको छ,’ निर्माता अभिमन्यू दीक्षित भन्छन् ‘फिल्मलाई २०८२ सालमा प्रिमियर गराउने हाम्रो योजना छ ।’

यो उपलब्धिले नेपाली फिल्मलाई विश्व फिल्म समुदायमा स्थापित गर्दै अन्तरदेशीय महिला–प्रधान चलचित्र निर्माणको सम्भावना र महिला–केन्द्रित कथाहरूको महत्वलाई पनि उजागर गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?