मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लक्ष्मीपूजा विशेष फोटोसूट

लक्ष्मी माताको भेषमा समीक्षा (फोटो फिचर)

कुबेर डंगोल
1.3k
Shares

काठमाडौँ–  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवम् रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभरि मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

यसै सन्दर्भमा जोय नेपालका लागि माता लक्ष्मीको स्वरूपमा मोडल समीक्षा राउतलाई तयार पारेर फोटोसूट गरिएको छ । समीक्षालाई लक्ष्मी झैँ सजाएर केडी नाइन स्टुडियोमा फोटोसूट गरिएको हो । यसअघि पनि शिवरात्री, गाईजात्रा, कृष्णाष्टमीमा सोही प्रकृतिका फोटोसूटले पाठकको ध्यान खिचेका थिए ।

यस फोटोसूटमा मोडल समीक्षालाई माता लक्ष्मी बनाउन फेसियल हाउसले मेकअप, कुसुम द बुटिकको भेषभूषा र हुन्छ डटकमको ज्वेलरी प्रयोग गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरू: