मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सरकारी अस्पतालमा बालबालिका जन्मिनासाथ चार स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौँ – अब नेपालका प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसूति सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपाङ्गतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् ।

जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपाङ्गतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

निर्णयसँगै विशिष्टीकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसूति र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपाङ्गतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ ।

यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ ।

 बालबालिकाको जन्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरूमा हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपाङ्गता तथा प्रमुख स्वास्थ्य समस्याको निदान थालिने बताएका थिए ।

विश्वमा ६ प्रतिशत बालबालिकामा जम्नासाथ अपाङ्गताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनहरूले देखाएका छन् ।

नेपालमा नवजात शिशुमा अपाङ्गतासम्बन्धी समस्या कम गर्न यो निर्णय महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । यसअघि परोपकार अस्पतालमार्फत परीक्षणका रूपमा जन्मजात अपाङ्गतासम्बन्धी परीक्षणको मन्त्री पौडेलले शुरुवात गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?