मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्राइडे रिलिज

प्रदर्शनमा आयो ‘पूर्णबहादुरको सारङ्गी’, कस्तो रहला व्यापार ?

काठमाडौँ – नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनमा आएको छ । 

विजय बरालको मुख्य भूमिका रहेको यस फिल्मले मल्टिप्लेक्स हलहरूबाट उत्साहजनक पहिलो दिनका लागि राम्रै शो पाएको छ। 

फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ उपत्यकाभर १९ सो उपलब्ध गराएको छ। त्यसैगरि, वान सिनेमाजका दुबै हलमा ६ शो, बिग मुभिजमा ३ शोहरु देख्न सकिन्छ। 

चाबहिलस्थित एफक्युब सिनेमाजले ३ शो दिँदा आइएनआइ सिनेमाजले आफ्नो तीनवटै हलहरूमा ९ शो दिएको छ। काठमाडौंबाहिरका हलमा पनि राम्रै सो दिएका छन्।

साथै सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको यो फिल्म जुनसुकै उमेर समूहका व्यक्तिले हेर्न पाउनेछन् । 

व्यापारको दृष्टिबाट हेर्दा नेपाली फिल्मका रूपमा पूर्ण बहादुरको सारङ्गीलाई यो एकल प्रदर्शनको अवसर बनेको थियो । प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’ र पल शाह अभिनीत फिल्म ‘मायावी’ पछि हटेपछि यो मिति पूर्ण बहादुरको सारङ्गीलागि सही छनौट बनेको थियो । 

तर ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को दबदबा कायमै छ भने बलिउडका ठूला फिल्म ‘सिंगम अगेन’ ‘भूलभुलैया ३’ आजैबाट प्रदर्शनमा आएका छन् । जसले बजार पूर्ण बहादुरको सारङ्गीको व्यापार प्रभावित हुने खतरा भने बढेको छ । 

यद्यपि माउथ पब्लिसिटी राम्रो हुँदा ‘पूर्णबहादुरको सारङ्गी’ ले राम्रै व्यापार गर्न सक्छ। फिल्मका सार्वजनिक भएका टिजर, गीत र ट्रेलरलाई दर्शकले मन पराएका छन् । 

फिल्मकर्मी र आम दर्शकले तारिफ गर्दै फिल्मबाट अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

सारङ्गी बजाउनेमाथि आधारित यस फिल्ममा बाबुछोराको कथा समेटिएको यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुषाल, भोलाराज सापकोटाको अभिनय छ। 

सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?