मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरमा दाद किन आउँछ र कसरी बच्ने ?

दाद आम मानिसमा देखिन सक्ने एक किसिमको सङ्क्रामक समस्या हो । यो जुनसुकै उमेर समूह र जुनसुकै लिङ्गका व्यक्तिमा पनि देखिन सक्छ । 

तर यसको समस्या पहिचान गरेर समाधान गर्नको लागि भने सामान्य जीवनशैलीमा गरिने परिवर्तन मात्रै पर्याप्त रहेको चिकित्सकहरू बताउँछन् ।

दाद एक किसिमको कीटाणु (फङ्गस) को सङ्क्रमणले हुने गर्छ । दाद आएका मानिसले लगाएको पहिरन लगाएमा, रुमाल तथा साबुनको प्रयोग गरेमा पनि यो रोग सर्ने गर्छ । 

रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घ रोग लागेका तथा पसिना धेरै आउने मानिसलाई पनि दाद आउने सम्भावना रहन्छ ।

कसरी बच्ने ?

– दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ ।

– नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने ।

– चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने ।

– जथाभाबी औषधि प्रयोगले साधारण औषधिले ठिक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ ।

– बाह्य सङ्क्रमण नजुधोस् भनेर सचेत रहने ।

– आफूखुसी उपचार कहिल्यै पनि नगर्ने ।

– चिकित्सकलाई भेट्नु अगावै जथाभाबी औषधि प्रयोग गर्दा सामान्य किसिमको फङ्गसको सङ्क्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?