मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सैफ अली खान र सिद्धार्थ आनन्दले १६ वर्षपछि सहकार्य गर्दै

काठमाडौँ– बलिउड फिल्म ‘फाइटर’ले बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोणको शीर्ष भूमिका छ ।

दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको एरियल एक्सन यो फिल्म सफल भएपछि अब सिद्धार्थले आगामी प्रोजेक्टमा काम गर्न लागेका छन् ।

बलिउड समाचार संस्थाका अनुसार सिद्धार्थ आनन्दले अभिनेता सैफ अली खानसँग आगामी फिल्ममा सहकार्य गर्नेछन् । उनले आफ्नो निर्देशन करिअर (वृत्ति) सैफ अली खानसँग नै शुरु गरेका थिए । यी दुवैले एकसाथ फिल्म ‘तारा रम पम’ र ‘सलाम नमस्ते’ मा काम गरेका थिए ।

१६ वर्षपछि आनन्दले सैफ अलि खानसँग पुन: सहकार्य गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उक्त फिल्म पनि एक्सनले भरिपूर्ण रहने जनाइएको छ । साथै सो फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ।

फिल्मको नाम भने हालसम्म पनि तय गरिएको छैन । यो एक ठूलो स्केल एक्शन मनोरन्जन फिल्म बन्ने अनुमान गरिएको छ । फिल्ममा सैफसँगै जयदीप अहलावत पनि खलनायकको भूमिकामा देखिनेछन् । मार्फलिक्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई रोबी ग्रेवालले निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?