काठमाडौँ – डीपफेक भिडियो भाइरल भए पछि एक्सले गायिका टेलर स्विफ्टको सर्च रोकेको छ।
उनका तस्बिरहरू एक्स र टेलिग्राम सहित सोसल मिडिया साइटहरूमा पोस्ट गरिएको थियो। अहिले एक्समा स्विफ्ट खोज्दा नभेटिने बनाईएको छ ।
यस गत हप्ताको सुरुवातमा गायिकाको नक्कली ग्राफिक तस्बिर साइटमा देखिएको थियो।
स्विफ्टको तस्बिर भाइरल भएपछि एक्सले शुक्रबार एक विज्ञप्ति नै जारी गरेको थियो ।
‘प्लेटफर्ममा गैर–सहमतिपूर्ण नग्नता पोस्ट गर्न ‘कडा रूपमा निषेधित’ भएको उल्लेख गरिएको विज्ञप्तिमा त्यस्ता सामग्रीप्रति शून्य सहनशीलता नीति रहेको उल्लेख गरिएको थियो ।
एक्सले तस्ता तस्बीरहरु पहिचान गर्न र हटाउन लागि परेको जनाएपछि स्विफ्टको सर्च रोकेको हो ।
यद्यपि एक्सले साइटमा स्विफ्टका लागि सर्च ब्लक गर्न थालेको हो वा विगतमा भएका सार्वजनिक व्यक्तित्व माथि भएका यस्तै कार्य र शब्दहरूको लागि सर्च अवरुद्ध गरेको हो प्रष्ट छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया