मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो

काठमाडौँ– देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्यांक अनुसार सो जनाएको हो ।

सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा संक्रमित भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका १ हजार ४ सय ४५ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, सुदूरपश्चिमका १ हजार १ सय ८९ जनालाई डेंगु सङ्क्रमण भएको छ ।

यस्तै, जिल्लागत रुपमा सबैभन्दा बढी कास्कीका ७ हजार १६१ जनालाई डेंगु सङ्क्रमण भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?