मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाँदर नियन्त्रण गर्न वडाध्यक्षले जारी गरे रुख काट्ने सूचना

काठमाडौँ – कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न सूचना जारी गरेको छ। 

पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको हस्ताक्षर भएको सूचनामा वडावासीलाई १५ दिनभित्र आफ्नो घर वरपरको रुख काट्न सूचित गरिएको छ । 

त्यसका लागि ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन नै सञ्चालन गरिएको समेत सूचनामा उल्लेख छ । 

सूचनामा भनिएको छ – ‘पोखरा महानगरपालिका साबिक लामा चौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र  गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन अनुरोध गरिन्छ।’

वन जङ्गल र रुख बिरुवाको संरक्षण गर्नुपर्नेमा वडाध्यक्षले नै रुख काट्न उर्दी गरेको भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?