मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वडा अध्यक्ष ओलीविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका वडा-२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध घुर लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले वडा अध्यक्ष ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार घुस लिइसकेको अवस्थामा यस अघि नियन्त्रणमा लिइएको थियो ।

अख्तियारले अनुसन्धानको सिलसिलामा वडा अध्यक्ष ओलीले घुस लिएको प्रमाणित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ‘१’ को देहाय ‘ग’ बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा ‘१’अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?