मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शुक्लाफाँटामा घरपायक चिकित्सकीय सेवा

काठमाडौँ- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढेको छ । स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०/८१ को असार मसान्तसम्म १० हजार नौ सय ७० बिरामीले सेवा लिएका छन् ।

तीमध्ये महिला सात हजार चार सय ९१ र पुरुष तीन हजार चार सय ७९ रहेका छन् । उपचारका लागि स्वास्थ्यचौकी पुग्ने ज्येष्ठ नागरिकको सङ्ख्या मात्रै एक हजार छ सय सात रहेको छ । सुरक्षित रुपमा प्रसूति गराउनेको सङ्ख्या एक सय ३८ रहेको छ । गर्भपतन सेवा एक सय १० जना, औलो परीक्षण दुई सय १८ ले लिएका छन् ।

चालु आवको साउनदेखि असोज महिनासम्मको अवधिमा स्वास्थ्यचौकीबाट तीन हजार पाँच सय ३१ बिरामीले सेवा लिएका छन् ।

‘चिकित्सक नहुँदा विगतमा वर्षमा दुई हजारको हाराहारीमा बिरामी आउने गरेका थिए’, स्वास्थ्यचौकी प्रमुख भट्टले भने, ‘चिकित्सकको व्यवस्थाले बिरामीको सङ्ख्या बढेको छ ।’

घरदैलोमै चिकित्सकीय सेवा पाएपछि स्थानीय बासिन्दालाई टाढाको महेन्द्रनगर, धनगढी र निकटवर्ती भारतीय सहरमा उपचारका लागि पुग्नुपर्ने झन्झट हटेर गएको शुक्लाफाँटा–४ वडाध्यक्ष कमल ठकुल्लाले बताए ।

स्वास्थ्यचौकीमा नगरपालिकाको आन्तरिक स्रोतबाट तलब व्यहार्ने गरी चिकित्सको व्यवस्था गरिएको उनले उल्लेख गरे । भाइरल ज्वरो भएर स्वास्थ्यचौकी पुगेका कलावती चौधरीले चिकित्सको सल्लाहमा औषधि सेवन गर्दा ज्वरो ठीक भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?