सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा सेतो कचेरा परिरहेकै हुन्छ । कसैको आँखामा धेरै हुन्छ भने कसैकोमा थोरै ।
यो आँखाबाट निस्केको आँसु धुलो, फोहर र आँखाको ढकनीका मरेका कोषहरू मिलेर बनेको हुन्छ । ‘प्लीका सेमी लुनारिस’ नामक आँखाको भागले हर समय कचरा बनाउने तरल पदार्थ ( आँसु) निकालिरहेको हुन्छ ।
तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ । तर जब हामी सुतेका हुन्छौँ, आँखा झिम झिम हुदैन् र यो तरल पदार्थ आँखाको कुनामा जम्मा भई जम्न पुग्दछ । बाहिरको धुलो, फोहर र मरेको कोषले यसलाई जम्न अझ मद्दत गर्छ । जसबाट हरेक दिन बिहान उठ्दा आँखामा कचरा देखिन्छ ।
हरेक व्यक्तिमा प्लीका सेमीलुनारीसले फरक फरक मात्राको तरल निकाल्ने हुँदा कचराको मात्रा पनि व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
आँखामा कचेरा नै आएन भने आँखामा सङ्क्रमण भई आँसु निस्किने नली बन्द भएको हुन सक्छ । जसले गर्दा आँखा सुख्खा हुन नदिन निस्किने तत्त्वहरू बाहिर निस्कन पाउँदैन र आँसु आँखाभित्र नै जम्मा हुन्छ ।
जसले गर्दा आँखा सुख्खा हुन्छ । त्यसले आँखा चिलाउने, सुन्निने र आँखाभित्र डल्लो पलाउने जस्ता समस्या देखिन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया