मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कलाकार सुन्दर सिंख्वालकाे ‘साधना’ कला प्रदर्शनी (फोटोफिचर)

काठमाडाैँ- परम्परागत पाैभा कला सिर्जनाका अग्रज कलाकार सुन्दर सिंख्वालकाे ‘साधना’ शीर्षकमा एकल कला प्रदर्शनी भइरहेकाे छ ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा बिहीबारदेखि शुरु भएकाे एकल कला प्रदर्शनीमा
सिंख्वालले हिन्दु तथा बाैद्ध धर्मशास्त्र र दर्शन अनुसार तयार गरिएका साँढे दुई दर्जनभन्दा बढी कलाकृतिहरु प्रदर्शनीका लागि राखेका छन् । उनी साँढे तीन दशकभन्दा लामाे समयदेखि सिर्जनामा लागिरहेका छन् ।

जलरङ, पोस्टर, एक्रेलिक, तेलरङ जस्ता माध्यममा लामाे समयमा सिर्जना भएका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, बसुन्धरा, वज्रधर, चक्रसंवर शक्ति, सरस्वती, गणेश, कृष्ण, कुमार, लक्ष्मी, विष्णु, भद्रकाली, हरिहर गुह्येश्वरीमा उनकाे कला छवि र साधना देख्न सकिन्छ ।

कला प्रदर्शनी मङ्सिर १० गतेसम्म जारी रहनेछ ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?