काठमाडौँ– फिल्म ‘महापुरुष’ अब युट्युबमा रिलिज हुने भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा रहेको सो फिल्म कात्तिक १५ गतेदेखि युट्युबमा रिलिज हुन लागेको हो ।
फिल्म हलमा प्रदर्शनमा आएको दुई वर्षपछि युट्युबमा रिलिज हुन लागेको हो । फिल्मले हलमा व्यवसायिक सफलतासमेत प्राप्त गरेको थियो ।
ओटिटी प्लेटफर्ममा समेत स्ट्रिमिङ भइसकेको फिल्म अब केन्द्र मोशन पिक्चर्सको युट्युबमा रिलिज गर्न लागिएको निर्माता कम्पनी षट्कोण आर्ट्सले जनाएको छ।
पारिवारिक कथामा निर्माण भएको यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरूण क्षेत्री, अञ्जना बराईली, रबिन्द्र सिंह बानियाँ, नरेश पौड्याल, सिरू बिष्ट, कोपिला थापा लगायत कलाकारहरूको अभिनय छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया