अनुहारको हेरचाहका लागि मानिसले धेरै पैसा खर्चिने गर्छन् तर कुहिनो र घुँडाको छालालाई भने बेवास्ता गर्छन् ।
यस्तै बेवास्ताका कारण कुहिनो र घुँडामा फोहोर जम्मा हुन थाल्छ र कालोपन बढ्दै जान्छ । यस्तो अवस्थामा तपाईँले छालाको हेरचाह गर्न केही टिप्स अपनाएर कुहिनो र घुँडाको छाला मिनेटमै सफा गर्न सक्नुहुन्छ ।
अनुहारको छालाको हेरचाह गर्नु मानिसको दिनचर्यामा नै पर्छ तर कुहिनो र घुँडाको ख्याल राखिएको हुँदैन ।
यस्तो अवस्थामा यी ठाउँको छाला खस्रो, सुख्खा र कालो हुन्छ । यसलाई सफा गर्न, तपाईँ यहाँ उल्लेख गरिएका विधिहरू प्रयोग गर्न सक्नुहुन्छ ।
कागतीको रस :
कागतीको रसमा साइट्रिक एसिड हुन्छ । कागती काटेर आधा टुक्रा कुइनो वा घुँडामा सामान्य रूपमा घसेर प्रयोग गर्न सक्नु हुन्छ अथवा कागतीलाई राम्ररी निचोरेर एउटा भाँडामा रस निकालेर सफ्ट जालीको माध्यमबाट ती भागमा घस्न सकिन्छ ।
अर्को उपाय कागतीको रसमा चिनी हाल्ने र बिस्तारै कुहिनो र घुँडामा लगाउने केही छिन त्यत्तिकै छाडने । जब यो सुख्खा हुन्छ मनतातो पानीले यो धुने गर्नुपर्छ । तपाईँले कागती काटेर कुहिनामा घोट्न पनि सक्नुहुन्छ ।
केही छिन घोटेपछि तपाईँले कुहिनालाई त्यतिकै छाडिदिनुस् र केही छिन पछि मनतातो पानीले धुनुस् र मस्चराइजर क्रिमले मसाज गर्नुस् तपाईँको कुइनाको रंग बदलिन्छ वा सफा हुन सक्छ ।
नौनी र बेसारको धुलो :
नौनी र बेसारको धुलो मिसाउनुस् । त्यसबाट बनेको लेप कुहिना र घुँडामा राम्ररी लगाउनुस् । बेसारमा बीचिंगको गुण हुन्छ । नौनीले मोइस्चसाइजको जस्तै काम गर्छ । यो दुईको मिश्रणले कालो भाग हटाउन काम गर्छ । तपाईँ चाहनुहुन्छ भने यो लेप लगाएर केही बेर छाडन पनि सक्नुहुन्छ । केही क्षणपछि मनतातो पानीले धुनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया