मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुत्नु अघि खानुस् दुई वटा अलैँची, पुग्छ यस्तो फाइदा

तपाईँले अलैँचीको बारेमा सुन्नु भएको होला । यसको धेरै फाइदा रहेको आयुर्वेदमा उल्लेख गरिएको छ । नेपालमा अलैँचीको उत्पादन हुने गरेको छ । हेर्दा सानो हुने अलैँचीको काम भने ठूलो छ ।

यसले खोकी, दम, पिसाब पोल्ने समस्यामा फाइदा पुर्‍याउँछ । यसले मुटु र गलाको मलिनतालाई टाढा राख्छ । मुटुलाई बलियो बनाउँछ । मुखको दुर्गन्धबाट राहत पाउन पनि अलैँचीले सहयोग गर्दछ ।

पत्थरीमा फाइदा

पत्थरी भएकाले अलैँची खाँदा फाइदा पुग्छ । यसले पत्थरीलाई फुटाउन सहयोग पुग्छ । अलैँचीले जन्डिस, पिसाबजन्य रोग, छाती पोल्ने, पेट दुखाई, दम, पत्थरी र जोर्नीको दुखाई भएमा अलैँचीको सेवन लाभकारी हुन्छ । यदि राति सुत्नु अघि अलैँचीलाई तातो पानीसँगै खानुहुन्छ भने यसले दोब्बर फाइदा पुर्‍याउँछ ।

पेट घटाउन सहयोग पुर्‍याउँछ

यदि तपाईँको पेट बाहिर पुट्ट निस्किएको छ र यो भित्र जाओस् भन्ने चाहनुहुन्छ भने राती सुत्नुअघि दुई वटा अलैँची खाएर तातो पानी पिउनुहोस् । यसमा पोटासियम, म्याग्नेसियम, भिटामिन बीवान, बीसिक्स र भिटामिन सी ले शरीरको अतिरिक्त बोसो पगाल्ने गर्दछ । यसमा पाइने फाइबर र क्याल्सियमले पनि तौललाई नियन्त्रणमा राख्छ ।

कपाल झर्न रोकिन्छ

राति दुई वटा अलैँची खाएर पानी पिउँदा कपालको जरा बलियो हुन्छ त्यसकारण कपाल झर्न रोकिन्छ । यसले कपाललाई कालो बनाउन पनि सहयोग पुर्‍याउँछ । यसले कपाललाई चायामुक्त पनि बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?