विशेष गरी गरम मसलाका रूपमा प्रयोग हुने तेजपत्ता एक प्रकारको बास्नादार पात हो । विभिन्न परिकारहरूलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ ।
त्यति मात्र नभएर तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले त्वचा तथा कपाललाई निकै फाइदा गर्छ ।
१. यदि तपाईँको अनुहारमा काला दागहरू बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमालेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरू हटाउनमा मद्दत गर्छ ।
२. तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउनुका साथै त्वचाको रंगलाई समान बनाउन मद्दत गर्छ ।
३. त्यसैगरी तेजपत्ताको पानीले कपाल धुने गर्नाले कपाल नरम, मुलायम र चमकदार देखिन्छ ।
४. तेजपत्ताको पातलाई लेप बनाएर दहीमा मिलाई त्वचामा लगाउनाले त्वचा सफा हुनुका साथै त्वचामा पोषण प्राप्त हुन्छ ।
५. तेजपत्ताको पातलाई घाममा सुकाएर धूलो बनाई त्यसले दाँत सफा गर्नाले दाँत मजबुत हुनुका साथै चम्किलो देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया