मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँच जना बिरामी

नवलपुर ‘नवलपरासी’ – नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ मा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी परेका छन् ।

शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गली च्याउन खाँदा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, नौ वर्षीया रिदिमा राजवंशी, ४८ वर्षीय बाबुलाल राजवंशी र ४६ वर्षीया रनमाया राजवंशी बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिए ।

बिरामीको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताउँदै अहिले सबैको अवस्था सामान्य रहेको शाहले उल्लेख गरे । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?