मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसोमा स्वस्थ रहने पाँच टिप्स

जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । यस्तो अवस्थामा विशेष ख्याल पुर्‍याउन आवश्यक छ ।

जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुत बनाउन तपाईँले निम्न उपाय अपनाउनुहोस् 

अत्यधिक पानी पिउनुपर्छ

लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम जति नै चिसो भयो भने पनि शरीर भित्रको वायु श्वास नलीसम्म पुग्दा तातो नै रहने गर्छ । ड्राइ एयर प्यासेजको समस्याबाट बच्नका लागि पनि यात्रामा निस्कनुअघि पानी पिउनु निकै राम्रो उपाय मानिन्छ ।

तातो पेय पदार्थबाट बचौँ

जाडोमा तातो पेय पदार्थ अथवा अल्कोहल लिएपछि बाहिर जानुहुँदैन । त्यसले हाम्रो रक्त बाहिनीहरूलाई शिथिल बनाइदिन्छ ।

शरीरलाई आराम दिनुपर्छ

सामान्य स्थितिमा भन्दा व्यायाम गरेपछि शरीरबाट १० गुणा बढी तातो वाफ निस्कन्छ । जाडो मौसममा अत्यधिक व्यायाम गर्नबाट बच्नुपर्छ ।

जाडोमा चिसो पानीबाट बच्नुपर्छ

जाडो मौसममा चिसो पानीमा पौडिँदा एक प्रकारको व्यायाम हुने भएकाले शरीर त तात्छ । तर, त्यो स्वास्थका लागि फाइदाजनक भने हुँदैन ।

चिसो हावाबाट बचौँ

यदि तपाईँ तीव्र गतिको हावामा टहलिरहनु भएको छ भने बिस्तारै हिँड्नुपर्छ, बिस्तारै हिँड्दा पनि तपाईँको शरीरले त्यत्ति नै फाइदा पाउँछ ।

त्यस्तै जाडो मौसममा व्यायामका लागि जानुभन्दा अघि एक कप तातो चिया अथवा दूध पिउनुपर्छ । व्यायामका लागि त्यस्तो पहिरन छनोट गर्नुपर्छ । व्यायाम गरेपछि कम्तीमा तीन मिनेटपछि मात्र नुहाउनुपर्छ । व्यायाम गर्ने बित्तिकै कपडा फेर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?