मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तामाको भाँडोमा राखेको पानी पिउँदा भुलेर पनि नगर्नुहोस् यी गल्ती

तामाको भाँडोमा राखेको पानी पिउँदा धेरै स्वास्थयलाभहरु मिल्छन् भन्ने कुरा हामीले धेरै सुनेका छौ ।

वास्तवमै स्वास्थ्यका लागी यो निकै स्वस्थकर बानी हो । तामाको भाँडोमा राखेको पानी पिउनाले शरीरलाई ऊर्जा मिल्छ र शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकाल्छ भन्ने विश्वास गरिन्छ ।

तामाको भाँडोमा राखिएको पानीलाई प्राकृतिक डिटोक्स पेय हो भन्ने गरिन्छ । साथै, तामाको भाँडोमा रातभर पानी राख्दा यसले पानीमा रहेका सबै ब्याक्टेरियालाई नष्ट गरी पानीलाई शुद्ध बनाउँछ । तामाको भाँडो वा बोतलमा राखेको पानी पिउनुका थुप्रै स्वास्थ्य लाभहरू छन् ।

तर यीसँगै तामाको भाडामा राखेको पानी पिउँदा ध्यान दिनुपर्ने अन्य विविध कुराहरू पनि छन् । अन्यथा कतिपयले धेरै समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

तामाको भाँडोको पानी पिउने क्रममा मानिसहरूले धेरै गल्ती गर्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यसकारण आज हामी तामाको भाँडामा  राखिएको पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरूको विषयमा जानकारी गराउँछौ ।  

यस्ता कुराहरूमा ध्यान दिनुहोस् 

तामाको भाँडामा राखिएको पानीमा तातो शक्ति र एन्टिसेप्टिक गुण हुन्छ । यो गर्मी मौसमको सट्टा चिसो मौसममा तपाईँको शरीरलाई उपयुक्त हुन्छ । त्यसैले जाडोमा यसको सेवन गर्नु फाइदाजनक हुन्छ ।

–तामाको भाँडोमा राखेको पानी पिउनुभन्दा अघि कम्तीमा ६–८ घण्टासम्म पानीलाई तामाको भाँडामा राख्नुपर्छ । 

–कोठाको तापक्रम पानी भण्डारणको लागि उत्तम हुन्छ । फ्रिज आदिमा भण्डारण नगर्नुहोस् । 

–एसिडिटीको समस्या, रगत सम्बन्धी समस्या र शरीरमा अत्यधिक गर्मी हुनेहरूलाई तामाको भाँडोमा राखिएको पानी राम्रो हुँदैन । यसले वाकवाकी र बान्ता हुने जस्ता समस्या पनि निम्त्याउन सक्छ ।

–अर्को महत्त्वपूर्ण कुरा के छ भने तामाका भाँडाहरूको उचित सरसफाइ गर्न आवश्यक छ । किनभने तिनीहरू चाँडै अक्सिडाइज हुन्छन् । तिनीहरूलाई धुन कागतीको रस वा इमलीको पल्प प्रयोग गर्नुहोस् । यिनीहरूलाई सुक्खा राख्नुहोस् र प्रयोगमा नभएको बेला अँध्यारो ठाउँमा भण्डार गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?