मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जोर्नीलाई कसरी स्वस्थ राख्ने ?

जोर्नीको दुखाई खासगरि आर्थाइटिसको कुनै उपचार छैन । तर, केही उपाय छन् जसलाई अपनाएर यसको चपेटामा आउनबाट बच्न सकिन्छ वा यसको चपेटामा आइहाले पनि यसको असरलाई कम गर्न सकिन्छ ।

आर्थाइटिसको कारण जोर्नीमा हुने कार्टिलेजको नोक्सान हुन्छ । यो ७० प्रतिशत पानीबाट बनेको हुन्छ, त्यसैले धेरै पानी पिएर यसलाई नोक्सान हुनबाट बँचाउन सकिन्छ ।

क्याल्सियमयुक्त खानेकुरा

क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, सालमन माछा, पालुङ्गो, राजमा, बदाम, तोफु आदिको सेवन गर्नुहोस् ।

भिटामिन सी र डी स्वस्थ जोर्नीको लागि उपयोगी हुन्छ । यसैले यसबाट भरपुर खाद्यपदार्थ जस्तै स्ट्रबेरी, सुन्तला, किवी, भुँईकटहर, काउली, ब्रोकाउली, बन्दा, दूध, दही माछा आदिको पर्याप्त सेवन गर्नुहोस् ।

घाम ताप्नुपर्छ

दिनमा केही समय घाम ताप्नुहोस् । यसले शरीरलाई भिटामिन डी मिल्छ । आफ्नो तौललाई नियन्त्रणमा राख्नुहोस् । तौल धेरै हुनाले जोर्नीमा दबाब पर्छ ।

नियमित व्यायाम

नियमित एक्सरसाइज गर्नुहोस् जसले जोर्नी अरठ्ठ हुने समस्या कम गर्न सहायता गर्छ । तर, हेभी व्यायाम गर्नबाट बच्नुहोस् जसले जोर्नीमा धेरै दबाब पर्छ ।

रक्सी र चुरोट त्याग

मदिरा र धूम्रपानको सेवनले जोर्नीलाई नोक्सान पुग्छ । आर्थाइटिसबाट पिडित मानिसले यदि धूम्रपान र मदिरापान नगर्ने हो भने उनीहरूको जोर्नी र मांसपेशी मजबुत हुन्छ र दुखाइमा पनि कमी हुन्छ ।

फलफूल र घरेलु औषधी

फलफूल र सब्जीहरूको सेवन धेरै मात्रामा गर्नुहोस् । यसले ओस्टियो आर्थाइटिसबाट बच्न सकिन्छ ।  त्यस्तै जाडो महिनामा अदुवा र बेसारको सेवन गर्नुहोस् । यसले जोर्नी सुन्निने समस्यालाई कम गर्छ ।

सुन्निन बढाउने पदार्थहरू जस्तै नुन, चिनी, मदिरा, क्याफिन, तेल, ट्रान्स फ्याट र रातो मासुको सेवन कम गर्नुहोस् ।

सक्रिय शरीर

आरामदायी जिन्दगी नजिउनुहोस् । पैदल हिँड्ने, जगिङ गर्ने, डान्स गर्ने, जिम जाने, सिँढी चढ्ने वा हल्काफुल्का व्यायाम गरेर पनि हड्डीलाई मजबुत बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?