मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् जाडोका सुपर फुड

जाडोमा बाहिरी तापक्रम कम भएका कारणले शरीरको तापक्रम र बाहिरी तापक्रमको बराबरी कायम राख्न क्यालोरीको बढी खर्च हुने भएकाले क्यालोरीयुक्त खाना आवश्यक पर्छ । 

क्यालोरीयुक्त खानेकुरा तापको प्रमुख स्रोत हो र यस्ता खानेकुराले शरीरमा शक्ति प्राप्त गर्न मद्दत गर्छ । यो मौसममा  भिटामिन सी र एन्टिअक्सिडेन्टयुक्त खानाले शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउने यस्ता खानेकुरा आवश्यक पर्छ । 

गाजर
गाजरमा बेटा क्यारोटिन तत्त्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । गाजरको नियमित सेवनले चिसोमा हुने विभिन्न खाले सङ्क्रमणबाट बचाउन सहयोग गर्छ ।
ग्रीन—टी
ग्रिन—टी लाई एक शक्तिशाली एन्टीअक्सिडेन्ट मानिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्त्व पाइन्छ । दिनमा ३ कम ग्रीन—टी पिउनाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र जाडो याममा हुने विभिन्न सङ्क्रमणको जोखिम पनि घटाउँछ ।
च्याउ
च्याउमा पनि विभिन्न पोषक एवं औषधीय तत्त्व पाइन्छन् । यसलाई रोगप्रतिरोधात्मक क्षमताको प्रवर्द्धक मानिन्छ । चिसोमा हुने भाइरसजन्य सङ्क्रमणबाट जोगिन नियमित रूपमा च्याउको सुप खानु राम्रो मानिन्छ ।
लसुन

लसुनलाई आयुर्वेदमा पनि राम्रो औषधिको रूपमा लिइन्छ ।  चिसो र ज्वरोको घरेलु उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ । कलेजोलाई विषरहित बनाउने तथा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने इन्जाइमको मात्रा बढाउन लसुनले सहयोग पुराउने विभिन्न अनुसन्धानले देखाएका छन् ।
मह
जाडो मौसममा हुने रुघाखोकी तथा ज्वरोको सबैभन्दा सजिलो तथा भरपर्दो घरेलु औषधि महलाई लिने गरिन्छ । महमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी गुण पाइन्छ । महलाई दूधमा मिलाएर पिउँदा चिसो तथा सङ्क्रमणबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?