मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेनिला कार्की बनिन् ‘मिसेस नेपाल वर्ल्ड २०२४’

काठमाडौँ – डेनिला कार्की मिसेस नेपाल वर्ल्ड २०२४ बनेकी छिन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा शनिबार राति आयोजित ग्राण्ड फिनालेमा कार्कीले उपाधि जितेकी हुन्। मिसेस नेपाल वर्ल्ड विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता हो । 

कार्कीलाई अभिनेत्री वसुन्धरा भुसाल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पुरस्कार प्रदान गरेका हुन्। यसैगरी, मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जिते। 

मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेसँगै कार्कीले अब अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी छन्। त्यस्तै राउत र घिमिरेले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन्।

रिबन इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगितको फस्ट रनरअप एलिना घिमिरे, सेकेन्ड रनरअप किरण कार्की र थर्ड रनरअप अनु कार्की घोषित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?