मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘शाम्बाला’ले जित्यो स्पेसल मेन्सन अवार्ड

काठमाडौँ– मीनबहादुर भाम निर्देशित नेपाली फिल्म ‘शाम्बाला’ले स्पेसल मेन्सन अवार्ड जितेको छ । फिल्मले टर्कीको प्रसिद्ध अन्तर्राष्ट्रिय बोस्फोरस फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको होे ।

फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, कार्मको शीर्ष भूमिका रहेको छ । फिल्मले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड, मीनबहादुर भामले उत्कृष्ट निर्देशक र ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

‘यस फिल्मको निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद । हामी हाम्रो उपलब्धि र खुशी विश्वभरका सबै नेपालीसँग बाँड्न चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

‘शाम्बाला’ यसअघि जर्मनीको बर्लिन फिल्म फेस्टिभल र स्विट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा स्क्रिनिङ भैसकेको छ । यो फिल्म अहिले पनि केही नेपाली हलमा प्रदर्शनरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?