मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दैनिक नुहाउनु कपलाको लागि कति हानिकारक ?

महिला होस् वा पुरुष, दुवैको लुक्सलाई कपालले प्रभाव पार्छ । त्यसैले कपालको हेरचाह सही तरिकाले गर्नु आवश्यक छ । हामी सबैको कपाल फरक–फरक प्रकारको हुन्छ । जस्तै( केहीको कपाल सीधा हुन्छ भने केहीको घुङ्रिएको हुन्छ ।

कपालको हेरचाह गर्दा प्रश्न यो उठ्छ कि कपाल कहिले वा एक हप्तामा कति पटक धुने रु आज हामी तपाईंलाई बताउँछौँ कि कपाल हप्तामा कति पटक धुनु राम्रो हो ।

बाक्लो र घुङ्रिएको कपाल भएका व्यक्तिहरूले आफ्नो कपाल धेरै समयसम्म नधोए पनि उनीहरूको कपाल राम्रै देखिन्छ तर, हलुका र पातलो कपाल भएका व्यक्तिहरूले आफ्नो कपाल धेरै दिनसम्म नधोए भने उनीहरूको कपाल अझै पातलो र कमजोर देखिन थाल्छ ।

त्यसैले यदि तपाईंको कपाल पनि घुङ्रिएको छ भने तपाईंले यसलाई दैनिक धुन आवश्यक छैन । तपाईं आफ्नो कपालमा हप्तामा एक धुन सक्नुहुन्छ । यसबाहेक यदि कसैको कपाल ओइली छ भने उनीहरूले आफ्नो कपाल हप्तामा दुई पटक धुनु राम्रो हो ।

ओइली कपाल धुनको लागि तपाईं ड्राई स्याम्पुको प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंको कपालमा भएको अतिरिक्त तेल पनि निकाल्छ र तपाईंको कपाल सुन्दर देखिन्छ ।

कपाल दैनिक किन नधुने ?

यो कुरा हामी सबैलाई थाहा छ कि स्याम्पुमा केमिकलहरू मिसिएका हुन्छन् । त्यसैले यदि हामीले दैनिक स्याम्पुले कपाल धोयौँ भने हामीलाई फाइदाको सट्टा नोक्सान हुन थाल्छ ।

लगातार श्याम्पूको प्रयोगले हाम्रो टाउकोको स्क्याल्प सुख्खा हुन्छ र यसले कपाल सुख्खा र नराम्रो देखिन थाल्छ । साथै दैनिक कपाल धुँदा टाउकोमा विभिन्न प्रकारका छालाका समस्याहरू पनि हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?