मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् दिमाग नष्ट गर्ने बानी

काठमाडौँ – आजकल मानिस धेरै अल्छी बन्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् । 

इन्टरनेटको पहुँचले गर्दा धेरै सामाजिक सञ्जालमा व्यस्त रहने तथा व्यायाम नगर्ने कारण मानिस अस्वाभाविक रूपमा मोटाउने गर्छन्।

त्यसले शरीर शिथिल मात्र बनाउने नभई दिमाग समेत नष्ट गर्ने अध्ययनले जनाएको छ। आज हामी यस्तै बानीहरूका बारेमा चर्चा गर्दै छौँ जसले हाम्रो दिमाग नष्ट गरिरहेको छ ।

व्यायाम नगर्नु

 व्यायाम गर्दा ‘ब्रेन–डराइभ्ड न्युरोट्रोफिक फ्याक्टर’ वृद्धि भएर स्मरण र सिकाइ शक्ति बढ्छ। तर अहिले यो वानी घट्दै छ । 

– भुँडे हुनु

पेटमा धेरै बोसो लागेमा ‘इन्फ्लामेसन’ हुन्छ। जसले गर्दा मस्तिष्क खुम्चिन्छ। शरीरमा धेरै बोसो भएको खण्डमा मस्तिष्कको ‘ग्रे म्याटर’ कम हुन जान्छ। ‘ग्रे म्याटर’ यस्तो तत्व हो जसले हाम्रो शारीरिक गतिशीलता, स्मृति र भावना नियन्त्रण गर्दछ। 

– अपथ्य भोजन खानु।

तपाईँले जे खानु हुन्छ त्यसले तपाईँको मन–मस्तिष्कलाई सोझै प्रभाव पार्दछ। तारेका र प्रशोधित खाद्यवस्तु भोजनमा बढी समावेश गरिएमा त्यसले शरीरमा ‘इन्फ्लामेसन’ उत्पन्न गर्दछ। जसका कारण स्मृति ह्रास, अस्थिर मनोवेग, भ्रान्ति, डिप्रेसन जस्ता समस्या ल्याउन सक्छ। 

– अपर्याप्त निद्रा

राम्रोसँग निद्रा परेन भने शरीरमा त्यसको प्रभाव तुरुन्तै पर्छ। शरीरमा आलस्यता आउने र दिमागको क्षमतामा प्रभाव परेर सही निर्णय लिन नसक्ने, एकाग्रता नहुने, अस्थिर मनोवेग, सिकाइमा समस्या जस्ता विकार देखिन्छन्। निद्राको समस्या लामो समय रह्यो भने न्युरोलोजिकल समस्यासमेत देखिन्छ। 

– घरभित्रै धेरै समय बिताउनु

अधिक समय घरभित्रै रहँदा सूर्यको प्रकाशबाट वञ्चित भइन्छ। पर्याप्त मात्रामा सौर्य प्रकाश शरीरमा परेन भने शरीरको जैविक घडी ‘सर्केडियन रिदम’ मा असर परेर सेरोटोनिन हर्मोनको मात्रा कम हुन जान्छ। जसले गर्दा मौसमी विकार र डिप्रेसन आउँछ। 

– पोर्न हेर्नु

पोर्न धेरै हेर्दा दिमागको संरचनामा परिवर्तन आउने अनुसन्धानबाट खुलेको छ। पोर्नले डोपामाइनको मात्रामा हलचल ल्याउने गर्छ। समग्रमा भन्नु पर्दा मस्तिष्कको आकार, प्रकार र रासायनिक सन्तुलन बिगार्दछ।  

– नयाँ नसिक्नु 

मस्तिष्क पनि मांसपेशी जस्तो हो । यसलाई व्यायाम चाहिन्छ । दैनिक नयाँ नयाँ कुरा सिक्दा मस्तिष्कको व्यायाम हुन्छ । प्रयोगका आधारमा मस्तिष्क खुम्चने र बढ्ने गर्छ । नयाँ कुरा सिक्दा न्युरोनको सक्रियता बढ्ने र विद्युतीय आवेगको गतिशीलता समेत बढ्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?