मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडो समयमा किन बढी पिसाब लाग्छ ?

जाडो महिनामा हाम्रो शरीरबाट थोरै मात्र पसिना बग्छ । हाम्रो शरीरबाट सीमित मात्रामा पानी बाहिर जानु उचित हुन्छ किनकि हाम्रो शरीरको शुद्धीकरणका लागि त्यसले काम गर्दछ ।

पसिना निस्कने प्रक्रिया ढिलो भएमा वा पसिना आउने क्रम रोकिएमा हाम्रो शरीरले पिसाबको माध्यमबाट पानी बाहिर फाल्दछ ।

त्यसैगरी, जाडोयाममा शरीरका नसाहरू चिसोले गर्दा खुम्चिन्छन् र शरीरमा रक्तसञ्चार कम हुन जान्छ ।

रक्तसञ्चार कम हुने हुनाले जाडोमा रक्तचाप पनि बढी हुन्छ । यसरी वृद्धि भएको रक्तचाप घटाउन हाम्रो शरीरले रगतबाहेकका तरल पदार्थहरू शरीरबाहिर निस्कासन गरी रक्तसञ्चारलाई व्यवस्थित गर्दछ ।

यसैक्रममा पिसाबको पनि उत्पादन बढी हुन्छ । यस्तै, जाडो याममा गर्मी यामको तुलनामा पानी कम पिउने र पसिना पनि कम आउने भएकाले हामीलाई बढी पिसाब लाग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?