मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन बढ्छ गर्भावस्थामा तौल ? जोखिम कति ?

गर्भावस्था कुनैपनि महिलाको लागि धेरै नै नाजुक र महत्त्वपूर्ण समय हो । गर्भावस्थाको समयमा हरेक महिलाको मनमा धेरै प्रकारका प्रश्न हुन्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तनहरू आउँछ । यी परिवर्तनहरूमा गर्भवतीको बढ्दो तौल पनि हुन्छ ।

गर्भावस्थामा महिलाको तौल बढ्ने एक कारण भनेको आमाको शरीरमा बच्चाको तौल पनि समावेश हुनु हो । यदि जुम्ल्याहा बच्चा छन् भने १५ देखि २० किलोसम्म तौल बढ्न सामान्य हो । 

यसका साथै गर्भवती महिलाको स्तनको आकारमा वृद्धि, नालको आकारमा वृद्धि, गर्भाशयको आकारमा वृद्धि र शरीरमा अतिरिक्त रगत र तरल पदार्थ बन्ने कारणले पनि तौल बढ्न सक्छ ।

गर्भावस्थाको पहिलो तीन महिनामा महिलाको सामान्य तौल हुन्छ, तर पछि हरेक हप्ता लगभग ७५० ग्रामदेखि १ किलोसम्म तौल बढ्न सक्छ ।

एक गर्भवती महिलामा सामान्यतया तौल १२ देखि १६ किलोसम्म बढ्न सक्छ । जुन महिलाको तौल पहिला नै धेरै हुन्छ, तिनीहरूको गर्भावस्थामा लगभग १६ किलोसम्म तौल बढ्न सक्छ । स्वस्थ महिलाहरूको तौल लगभग १२ किलोसम्म बढ्न सक्छ ।

गर्भावस्थामा ताैल बढ्नुको जोखिम 

यदि गर्भवती महिलाको तौल सामान्यभन्दा बढी बढ्न थाल्छ भने आमा र बच्चामा केही जटिलताहरू आउन सक्छन्। 

अत्यधिक तौलले सी–सेक्सन, गर्भावस्थामा मधुमेह, उच्च रक्तचापको गुनासो र म्याक्रोसोमिया हुन सक्छ। 

यसबाहेक, अधिक तौल आमाहरूको बच्चालाई भविष्यमा मोटोपना र अन्य स्वास्थ्य समस्याहरू हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?