मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक्काइस वर्षको उमेरमा अर्बपति बनेकी खेलाडीसँग जब फ्यानले नुहाएको पानी मागे

काठमाडौँ– सेलिब्रेटी वा फेमस हुनु पनि आफैँमा पीडा हुन्छ । सेलिब्रेटी भएकै कारण फ्यानहरु प्रिय मात्रै ठान्दैनन् । दुख  दिन पनि अगाडि सर्छन् । यसका साथै कतिपय त आक्रमक पनि हुन सक्छन् । कतिपय फ्यानले त अजिब अजिबको माग पनि गर्ने गर्छन् । जुन पूरा गर्न असम्भव जस्तै हुन्छ ।

यस्तैमा छिन् खेलाडी एलएसयु, जिमनास्ट ओलिविया  । जो २१ वर्षकै उमेरमा करोडपति बनेकी थिइन्  । भर्खरै मात्रै उनले आफ्नो पागल फ्यानबारे रोचक खुलासा गरेकी छिन् ।

उनका अनुसार उनीसँग ती फ्यानले आफूले नुहाएको पानी माग गरेकी थिइन् । उनले एक कार्यक्रमको अवसरमा सो कुरा खुलासा गर्ने निधो गरेकी हुन् ।

उनलाई इन्ट्राग्राममा १४ मिलियनभन्दा बढीले फलो गरेका छन् । उनले पोडकास्ट कार्यक्रम ‘वेस्ट अफ बोथ वल्र्डस् विद फ्याउ’ मा साथी एलएसयु  फ्याउ  जे जानसनसँग क्याम्पस जीवनदेखिका कुराहरुले खुलेर बताएकी थिइन् ।

सोही समयमा सोसल मिडियाको कुरा आयो र लिब्बीले भनिन्, ‘तपाई जान्नुहुन्छ मेरो कमेन्ट सेक्सनमा वास्तवमा लामो समयदेखि के थियो ? मानिसहरु मैले नुहाएको पानीबारे सोध्ने गर्दथे । ’

उनले अगाडि थप्दै भनिन्, ‘मलाई मेरो जीवनमा के भइरहेको छ भन्ने लागेको थियो । किनकि उनीहरु मैले नुहाएको पानी मागिरहेका थिए । अहिले यो सबै शान्त भइसकेको छ । तर एउटा पागलपन थियो । जसलाई म कहिल्यै पनि भूल्न सक्दिनँ । र मैले यसलाई एउटा मजाकको रुपमा लिने गरेकी छु ।’

मानिसहरु उनलाई आफ्नो रुप र रंगको कारण सफल भएको मान्ने गर्छन् । उनले भनिन्, ‘एउटा कुराले मलाई ज्यादै चिन्तित बनाएको छ । मानिसहरु आफूसँग भएको चिजलाई आफ्नो हकदारको रुपमा लिँदैनन् । यदि तपाईहरु मेरो ठाउँमा हुनुहुन्छ भने के गर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?