मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी आफ्नो बच्चाको पहिलो जन्मदिनलाई सम्झनलायक बनाउनुहोस्

काठमाडौँ– आफ्नो बच्चाको पहिलो जन्मदिन प्रत्येक आमाबुवालाई एक विशेष अवसर हो । यसलाई सधैं यादगार बनाउनको लागि फोटोशुट एक महत्वपूर्ण तरीका हुन सक्छ । यसका लागि उचित थिम, लोकेशन र आउटफिट्सका साथै तपाईं आफ्नो बच्चाको विशेष दिनलाई चित्रहरुमा समेत कैद गर्न सक्नुहुन्छ ।

तपाईंको बच्चाको पहिलो जन्मदिनको फोटोशुट स्पेशल बनाउने केही विशेष तरीकाहरूबारे हामी तपाईंलाई जानकारी गराउँछौं ।

केकसँगै तस्वीर

बच्चालाई केकसँगै तस्वीर खिच्दा निकै सुन्दर र स्मरणीय तस्वीरहरु कैद गर्न सकिन्छ । बच्चाले आफ्नै केक खाएको, केक खेलेको र दलेको तस्वीरहरु निकै सुन्दर र प्राकृतिक देखिन्छ । यसले तपाईंलाई तपाईंको बच्चाको बाल्यकाललाई समेत यादगार बनाउँछ । 

बच्चाको मनपर्ने खेलौनाहरुसँग तस्वीर

तपाईंको बच्चाले मन पराउने खेलौनाहरु जम्मा पारेर उसलाई ती खेलौनाहरुसँगै राखेर पनि तस्वीर लिन सकिन्छ । खेलौनाहरुसँगै बच्चा खेलेको तस्वीरहरु निकै सुन्दर र यादगार समेत हुन्छन् ।

बेलुन र बबल्स थिम

बेलुन र बबल्सको सेटिङ बच्चाहरूको लागि आकर्षक र उज्यालो समेत हुन्छ । बेलुनका विभिन्न रंगहरूबाट एक सुन्दर ब्याकग्राउन्ड तयार गरी यसलाई उडाएर बबल्ससँगै तस्वीरहरु क्याप्चर गर्न सकिन्छ ।

आउटडोर फोटोशुट

बच्चालाई प्रकृतिको काखमा राखेर तस्वीरहरु कैद गर्न सकिन्छ । प्राकृतिक रङ र चिजबिजहरुसँगै बच्चा खेल्दै गरेको तस्वीर खिचेर यादगार बनाउन सकिन्छ ।

फ्यामिली फोटोशुट

बच्चाको पहिलो जन्मदिनमा आमाबुवासँगै परिवारका अन्य सदस्यहरुसँगै बसेर एकसाथ तस्वीर खिचेर राख्न सकिन्छ । यसमा परिवारमा रहेका हजुरबुवा, हजुरआमा, काका, काकी, दाजुभाई, दिदीबहिनी सबै राखेर एक साथ तस्वीर लिँदा पहिलो जन्मदिन यादगार बनाउन सकिन्छ । 

यसका साथै बच्चाका बाह्रै महिनाभरी खिचिएका तस्वीरहरु सजाएर वा बेलुनमा राखेर पहिलो जन्मदिन विशेष बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?