मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘ह्रस्व दीर्घ’ नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन हुने

काठमाडौँ– फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा आउने भएको छ । अभिनेत्री समेत रहेकी नीता ढुंगानाले निर्माण गरेको सो फिल्म दुबै भाषामा प्रदर्शनमा आउन लागेको हो ।

फिल्मलाई भारतमा तेलुगु भाषामा समेत प्रदर्शनको तयारी भइरहेको निर्माण टिमले जनाएको छ । फिल्ममा नेपालीसहित बलिउड र दक्षिण भारतीय कलाकारले समेत अभिनय गरेका छन् । साउथका कलाकारले अभिनय गरेकाले उक्त क्षेत्रका दर्शकलाई आकर्षित गर्न सकिने विश्वास निर्माताको छ ।विदेशमा भने एक सातापछि रिलिज हुने जनाइएको छ ।

नेपालमा कात्तिक ३० गतेबाट फिल्म प्रदर्शनमा आउनेछ । फिल्मको विदेश वितरण अधिकार (भारतबाहेक) सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको प्रेषित विवरणमा उल्लेख छ ।

फिल्ममा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?