मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हामी फिल्म बनाउन आएका हौँ, कसैसँग झगडा गर्न होइन: दीपकराज गिरी

काठमाडौँ– अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्म चल्नु र नचल्नुलाई जीत र हारको मुद्दा बनाउन नहुने बताएका छन् । आज (शुक्रवार) फेसबूक लाइभमार्फत उनले नेपाली सबै फिल्मले राम्रो व्यापार गर्दा सबै खुशी हुनुपर्ने पनि बताए ।

उनले आफू कुनै राजनीतिक दलसँग नजिक हुन नखोजेको र झगडा गर्न यो क्षेत्रमा नआएको बरु फिल्म बनाउनकै लागि फिल्म उद्योगमा आएको पनि बताए ।

‘अहिले रिलिज भएका फिल्मको व्यावसायिक सफलतालाई जीत र हारको विषय बनाइयो, यो राम्रो होइन । सबै फिल्म चल्नुपर्छ । हामी अरुको फिल्म चल्दा पनि सफल हुन्छौँ । यसले फिल्म उद्योगलाई फाइदा पुग्छ,’ उनले भने ।

उनले राम्रा र फिल्म निर्माण भए फिल्म उद्योग माथि पुग्ने समेत उनले बताए । साथै उनले आगामी फिल्म कस्तो बनाउने भन्नेमा पनि गम्भीर भएर लाग्ने समेत बताए ।

‘छक्का पञ्जा ५’ ले व्यावसायिक सफलता हासिल गरेको भन्दै उनले दर्शकलाई समेत धन्यवाद दिए । आफूले यदि कसैले मन दुखाएको भए मन दुखाउनसमेत अनुरोध गरे ।

सामाजिक सञ्जालमा ‘छक्का पञ्जा ५’ को विरोध भए पनि व्यावसायिक रुपमा फिल्म सफल भएको थियो । तेस्रो हप्तामा आइपुग्दा पनि फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ ।

दशैँको अवसर पारेर फूलपातीका दिन ‘छक्का पञ्जा ५’ सँगै विराज भट्टको ‘१२ गाउँ’ र जितु नेपालको ‘ज्वाइँ साब’ पनि एकसाथ प्रदर्शनमा आएका थिए । कमाइका हिसाबले विराजको ‘१२ गाउँ’ र दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ ले उत्साहजनक व्यापार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?