मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिंस्रक खलनायक बन्दै नवाजुद्दीन सिद्दिकी

काठमाडौँ– आगामी भ्याम्पायर कमेडी चलचित्र ‘थम्बा’ मा खलनायकको भूमिकामा नवाजुद्दीन सिद्दिकीलाई समावेश गरिएको छ ।

आयुष्मान खुराना र रश्मिका मन्डन्ना अभिनीत यो फिल्म निर्माता दिनेश विजनको हरर कमेडी सिरिजको एक हिस्सा हो । यो खबर यस्तो बेला आएको हो जब गत महिना आयोजनाको नाम ‘भ्याम्पायर्स अफ विजय नगर’ बाट ‘थाम्बा’ राखिएको थियो ।

फिल्म ‘थाम्बा’ मा नवाजुद्दीन सिद्दिकीको चरित्रलाई विलक्षण र हिंस्रकको रूपमा वर्णन गरिएको छ, जो प्राचीन विजयनगर साम्राज्यको हो । रिपोर्टहरूका अनुसार, नवाजुद्दीनको खलनायकको चरित्र शताब्दीयौं पहिले बाँचेको विलक्षण, तर हिंसात्मक चरित्रको रूपमा परिकल्पना गरिएको छ । उनी बदला लिन र दुई मुख्य पात्रहरूको भाग्य नियन्त्रण गर्न वर्तमानमा यात्रा गर्छन् ।

‘थाम्बा’का मुख्य कलाकारहरुले आ–आफ्नो भूमिकाको तयारी सुरु गरेका छन् । रश्मिका मन्डन्नाको लुक टेस्ट गत महिना भएको थियो भने खुरानाको बिहीबार भएको थियो । आदित्य सरपोतदारले निर्देशन गरेको यो फिल्मको शुटिंग नोभेम्बरको अन्त्य वा डिसेम्बरको सुरुमा हुने बताइएको छ । पहिलो दुई हप्ताको कार्यक्रम मुम्बईमा रात्रि शिफ्टबाट सुरु हुनेछ, त्यसपछि जनवरीमा दिल्लीमा र दक्षिण भारतमा अन्तिम शुटिंग हुनेछ ।

नवाजुद्दीन धेरै फिल्ममा खलनायक बनेका छन् २०१५ को बदलापुर, २०१७ को मुन्ना माइकल, २०१४ को किक र २०१९ को पेट्टामा खलनायकको भूमिका निर्वाह गरेका नवाजुद्दीन सिद्दिकीका लागि यस फिल्ममा भिलेनको भूमिका खेल्नु रोमाञ्चक चुनौती हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?