मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘छक्कापञ्जा ५’ को ‘यो माया बनाउने को हो’ बोलको गीत सार्वजनिक

काठमाडौँ– फिल्म ‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ सार्वजनिक भएको छ । प्रदर्शनमा रहेको फिल्मको सो गीत शुक्रबार युट्युबमा सार्वजनिक भएको हो ।

फिल्मको निर्माताले प्रदर्शनको तेस्रो सातामासो गीत ल्याएको हो । गीतमा शम्भुजीत बास्कोटाको संगीत र कृष्णहरि बरालका शब्द छ । निशान भट्टराई र अस्मिता अधिकारीको गायन छ ।

भिडियोमा दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् । फिल्मभित्र यी दुई पात्रको सम्बन्ध स्थापनाको कथावस्तुमा यो गीतको प्रयोग भएको छ । दीपाश्री निरौला निर्देशित फिल्म अहिले व्यावसायिक सफलतासहित हलमा प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?