मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा

काठमाडौँ– जर्मनीका चान्सलर ओलाफ शोल्ज भारत भ्रमणमा आएका छन् ।

भारत भ्रमणको क्रममा भारतीयहरूको लागि भिसा कोटाको बारेमा जर्मनीका चान्सलर शोल्जले विशेष घोषणा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसै अवसरमा जर्मनीले प्रत्येक वर्ष भारतीयहरूको भिसा कोटा बढाउने निर्णय गरेको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले १८औं एशिया(प्रशान्त सम्मेलन ९जर्मन व्यवसाय० लाई सम्बोधन गर्दै जर्मनीले भारतको दक्ष जनशक्तिमा ठूलो विश्वास देखाएको बताएका छन् ।

प्रधानमन्त्रीले जर्मनीले दक्ष भारतीयका लागि हरेक वर्ष भिसाको संख्या २० हजारबाट बढाएर ९० हजार पुर्याएको बताए ।

उनले भने, ‘भारत र जर्मनीबीचको पारस्परिक व्यापार पनि ३० अर्ब डलरभन्दा बढी पुगेको छ । एसिया(प्रशान्त सम्मेलनले युरोपेली संघ र एसिया(प्रशान्त क्षेत्रबीचको सम्बन्धलाई बलियो बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।ु

जर्मनीका चान्सलर शोल्ज भारतमा आयोजना हुने १८औँ एशिया–प्रशान्त सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्लीमा उपस्थित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?