मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला

‘काव्यचित्र सिर्जना शिविर’ : चित्र र कविताकाे सङ्गम

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ भइरहेकाे छ ।

अहिले शिविरमा चर्चित कवि तथा चित्रकारहरुले एक साथ कला सिर्जना गरिरहेका छन् । प्रतिष्ठानका र एपेकको संयुक्त आयोजनामा हुने शिविरमा साहित्यका स्रष्टाहरुको कविता सिर्जनामा ललितकलाका कलाकारहरुले चित्र सिर्जना गरेका हुन् । कार्यक्रममा १५ जना कविका विभिन्न शीर्षकका कवितामा १५ जना चित्रकारले प्रत्यक्ष रुपमा क्यानभासमा चित्र कोरिरहेका छन् ।

कविता र चित्रकलाको सिर्जनायात्राले कला क्षेत्रमा नयाँ अध्यायको शुरुवात हुने विश्वास स्रष्टाहरुले लिएका छन् । शिविरमा केके कर्माचार्य, किरण मानन्धर, रमेश खनाल, राधेश्याम मुल्मी, सुन्दर लामालगायतका कलाकारहरुले कविहरु राजेन्द्र सलभ, माेमिला जाेशी, अनिता लामा, बाबु त्रिपाठी, दीप लगायतका कविहरुका कविताहरुमा चित्र सिर्जना गरिरहेका छन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?