मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडो मौसममा खानै पर्ने यी फलफूलहरू

दशैँ सकिएसँगै चिसो मौसम शुरु भएको छ । पारिला घाम ताप्ने दिनहरू आइसकेका छन् । अब चिसो खानेकुराहरू सकभर हामी खाँदैनौ । 

यस्तै  जाडो महिनामा फलफूल खानेवित्तिकै चिसो लाग्छ भन्ने बुझाई पनि छ । तर फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका लागी अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु मूर्खता मात्रै रहेको चिकित्सकहरू बताउँछन् । 

गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौँ, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्यक छ ।

यसकारण आज हामी जाडो मौसममा खानुपर्ने केही फलफूलहरूका विषयमा जानकारी गराउँछौ ।

स्याउ: 

हाम्रो खानाको मुख्य स्रोत एन्टीओक्सीडेन्ट हो । एउटा स्याउमा १५ सय मिनिग्राम भिटामिन सी प्राप्त हुन्छ । भिटामिनले भाइरससँग लड्ने भएकाले चिसो मौसममा पर्याप्त स्याउ खानुहोस् । स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट बचाउँछ । 

केरा: 

केरा भिटामिन बि को महत्त्वपूर्ण स्रोत हो । केराले थकान, तनाव र अनिद्रा हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । केराले हाड बलियो बनाउँछ भने मुटु रोगबाट बचाउँदै उच्च रक्तचापबाट पनि जोगाउँछ । चिसोमा केरा खायो भने झनै चिसो हुन्छ भन्ठान्नुहुन्छ भने त्यो गलत हो । 

सखरखण्ड:  

सखरखण्ड भिटामिन ए को महत्त्वपूर्ण स्रोत हो । यसमा भिटामिन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँछ । आलुको भिटामिन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाऔँ र सर्दीबाट बचौँ । 

मेवा: 

मेवाले पनि प्रशस्त मात्रामा भिटामिन सी उपलब्ध गराउँछ । मेवाले सुन्निने रोगहरूमा पनि उत्तिकै लाभ मिल्छ । यसकारण चिसोमा मेवा खान नडराउनुहोस् ।

अङ्गुर :

अङ्गुरमा पनि पर्याप्त मात्रामा भिटामिन सी हुन्छ । अङ्गुरमा कोलेस्ट्रोल घटाउने तत्त्वहरू पनि मिसिएको हुन्छ । रातो अङ्गुर क्यान्सरका विरुद्ध लड्ने महत्त्वपूर्ण स्रोत पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?